Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईका बजारमा हरियो पहिरन किन्नेकाे चहलपहल

सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाकी ४३ वर्षीया रूबी झा आइतबार राजविराज बजारमा हरियो साडी किन्दै थिइन् । उनी परिवारका अन्य सदस्यहरूसँगै किनमेलमा व्यस्त थिइन ।

उनका अनुसार हरेक वर्ष साउनभर हरियाे पहेँलाे लगाउँदा मनमा सान्ति मिल्छ । छरछिमेकका साथीहरूले पनि हरियाे पहिरन लगाउने हुँदा आफूले पनि साउन महिना भरिनै हरियो पहिरनमा सजिन गरेकाे बताइन ।

साउनकाे पहिलाे दिनदेखि नै तराईका साना ठूला बजारमा हरियाे, पहेँलाे पहिरन किन्ने किशाेरी र महिलाहरूकाे चहलपहल बढेकाे छ । झाले पनि घरपरिवारका सबै महिलाका लागि हरियो चुरा, पोते, टीका किनेकाे बताइन ।

सप्तरी राजविराज नगरपालिका-७ की २० वर्षीया पार्वती यादवले पनि हरियो चुरा र टीका किनिन् । साउन लागि सक्यो । सम्झना भएदेखि प्रत्येक वर्ष साउनको सुरूवातसँगै हरियो पहिरन लगाउँदै आएको र यसपालि पनि किनेर ल्याएको उनले बताइन् ।

राजविराज नगरपालिका-१ की ४६ वर्षीया हेमलता चौधरीले पनि १ साउनबाटै हरियो चुरा, टीका र पोते लगाउन थालेकी छिन् । उनले भनिन् ‘किन लगाउँछु भन्दा पनि सबैले लगाउने हुँदा आफूले पनि लगाउने गरेकी छु ।’

सबैले लगाएपछि आफूले मात्र नलगाउँदा नरमाइलो लाग्ने गरेको उनको भनाइ छ । उनले भनिन्, ´साउन महिना भगवान शिवजीक‍ो प्रिय महिना हो । शिवजीलाई हरियो रंग मन पर्ने भएकोले चारैतिर हरियाली छाउने गरी हरियो पहिरन लगाएकी हुँ ।’

प्रकाशित मिति: Jul 18, 2022

प्रतिक्रिया दिनुहोस्