Logo
७ जेष्ठ २०८१, सोमबार
(July 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवदम्पतीले घाेषणा गरे विपन्न विद्यार्थीलाई सहयाेग

अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटाैती गरी विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयाेग घाेषणा गरेका छन् ।

शुक्रबार अदालती विवाहबाट एक भएका नवदम्पती गणेश बेल्वासे र सुमित्रा भण्डारीले शीतगंगा नगरपालिका वडा नं ८,९,१० का विपन्न विद्यार्थीहरूलाई सहयाेग गर्ने घाेषणा गरेका छन् ।

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि सिद्दारामा रहेकाे जनजागृति माध्यमिक विद्यालयमा ५० हजार र अन्य विद्यालयमा आवश्यकता हेरी ५० हजार गरी एक लाखकाे अक्षयकाेष घाेषणा गरेका हुन् ।

लामाे समयदेखि शिक्षण पेसामा रहेका नवदम्पतीले पिछडिएका बालबालिका आर्थिक अभावमा पढाइ छाेड्नुपर्ने अवस्था अन्त्यका लागि केही टेवा पुगाेस् भन्ने मनसायका साथ अनावश्यक खर्च कटाैती गरी सहयाेग गरेकाे बताएका छन् ।

प्रकाशित मिति: Jul 15, 2022

प्रतिक्रिया दिनुहोस्