Logo
७ जेष्ठ २०८१, सोमबार
(July 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साइकलिङ च्यालेन्जलाई सहयोग गर्दै नेपाल इको प्यानल

वातावरणमैत्री निर्माण सामाग्रीमा जोड दिँदै आएको नेपाल इको प्यानलले साइकलिङ च्यालेन्जलाई सहयोग गर्दै आएको छ । यसअन्तर्गत शनिबार भक्तपुरमा हुने कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२२ मा सहयोग गर्ने भएको छ । च्यान्लेजको सस्टेनेविलिटी पार्टनर रहेर इको प्यानलले नेपालले सहयोग गर्ने भएको हो । साइकलिङ च्यालेन्ज शनिबार बिहान भक्तपुरको दरवार स्क्वायरबाट सुरु हुनेछ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले स्वच्छ वातावरणका लागि साइकल अभियानलाई अगाडि बढेको भएर आफूहरूले सहयोग गरेको बताए ।

प्रतियोगितामा भक्तपुरसहित काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका सहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: Jul 15, 2022

प्रतिक्रिया दिनुहोस्