Logo
१६ बैशाख २०८१, आईतबार
(July 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बिजुली च्याप्टर १’ फिल्म बन्ने घोषण

फिल्म ‘बिजुली च्याप्टर १’ बन्ने भएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रम गर्दै फिल्मको फस्टलुकसँगै कलाकार सार्वजनिक गरियो । विकास गिरीको लेखन तथा निर्देशन रहने फिल्ममा लुना केसीको लगानी रहनेछ ।

बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छनोट हुनेछन् ।

निर्माण पक्षका अनुसार हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो । केदार भुसाल क्रिएटिभ प्रोड्युसर रहने फिल्मको छायांकन भदौ तेस्रो साताबाट सुरु हुनेछ ।

फिल्ममा हरि घले लामाको छायांकन हुनेछ । निर्देशक गिरीका अनुसार चार युग सत्य, त्रेता,द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिनेछ ।

सोसियल ड्रामा तथा सस्पेन्स कमेडी जनराको फिल्मले नेपाली दर्शकलाई एउटा फरक टेस्ट दिने क्रियटिभ प्रोडूसर केदार भुसालले बताए ।

प्रकाशित मिति: Jul 15, 2022

प्रतिक्रिया दिनुहोस्