Logo
७ जेष्ठ २०८१, सोमबार
(July 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुहाउने क्रममा बागमती नदिमा डुवेर बेपत्ता भएको दुई बालकको शव फेला

वागमती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएको दुई बालकको शव फेला परेको छ ।
ज्ञानोदय ईगलिश बोडिंग स्कूलमा कक्षा ६ मा अध्ययनरत दुर्गा भगवती गापा ३ मत्सरीका मनोज झाको १३ बर्षिय छोरा हर्ष झा र वडा नम्बर २ भलोहियाका गोवरी दासको नाति बर्ष १३ को आदित्य दासको शव फेला परेको हो ।

दुबै बालक सहित ६ जना हिजो विहिवार योजना बनाएर वागमती नदिमा नुहाउन गएका थिए । केही समयपछि अभिभावक हरु खोजतलास गर्दै जाँदा लुगा, पाठ्यपुस्तक, साईकल, चप्पल बागमती किनारबाट बरामद भएपछि हिजो ११ बजे देखिनै गाउपालिका प्रमुखको सक्रियतामा खोजतलास सुरु गरियो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना सहित स्थानिय बासिन्दाहरु निकै खोजतलास गरेपनि राति हुदा खोज्ने अभियानलाई रोकियो ।
शुक्रबार विहानै देखि खोज्ने अभियान अन्तर्गत दुर्गा भगवतिकै वडा नम्बर ३ देखि दक्षिणमा बालक दासको र वडा नम्बर ५ बडहर्वा नजिक निर्माणाधीन पुलको पाया बालक झाको शव भेटिएको वडा नम्बर ३ मत्सरीका अध्यक्ष डिके झाले बताए ।

प्रकाशित मिति: Jul 15, 2022

प्रतिक्रिया दिनुहोस्