Logo
६ जेष्ठ २०८१, आईतबार
(July 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुराम पक्षको जसपा केन्द्रीय समितिको बैठक भोलिदेखि जडिबुटीमा बस्ने, यस्ता छन् एजेन्डा

जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बैठक मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा दुई दिनसम्म चल्नेछ ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले २८ र २९ असारका लागि पर्साको वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन । वीरगन्ज बैठककै समानान्तर हुने गरी भट्टराईले काठमाडौंमा आफूपक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

बैठकमा हाल पार्टीमा देखिएको अन्तर्संघर्र्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेश–प्रतिनिधिसभा निर्वाचनको तयारी एजेन्डा रहेको जसपा केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Jul 11, 2022

प्रतिक्रिया दिनुहोस्