Logo
५ जेष्ठ २०८१, शनिबार
(July 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेनमार्कको मलमा गोली चल्दा ३ जनाको मृत्यु

डेनमार्कको सहर कोपेनहेगनको एउटा सपिङ मलमा आइतबार अबेर राति गोली चलेको बेला ३ जनाको मृत्यु भएको र ४ जना घाइते भएको जसमध्ये ३ जनाको अवस्था गम्भीरबताइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यस मामिलामा २२ वर्षीय डेनिस युवालाई पक्राउ गरिएको छ ।

प्रारम्भिक अनुसन्धानपछि कोपेनहेगन प्रहरी परिचालन इकाईका प्रमुख सोरेन थमसनले भने–यो आतंकवादी घटना थिएन । तीमध्ये एक जना ४७ वर्षीय रुसी नागरिक थिए।

प्रारम्भिक जानकारीका अनुसार फिल्ड्स सपिङ मलमा बिदाका कारण धेरै मानिसहरु यहाँ उपस्थित हुँदा उक्त घटना भएको र त्यही क्रममा अचानक गोली चलेको र चिच्याएको आवाज सुनियो ।

प्रहरीले घटनामा संलग्न २२ वर्षीय डेनिस केटालाई पक्राउ गरेको र प्रहरीका अनुसार यो घटना घरेलु हिंसा हो वा अरु कारण हो अहिले नै भन्न सकिने अवस्था छैन ।

 

प्रकाशित मिति: Jul 4, 2022

प्रतिक्रिया दिनुहोस्