Logo
५ जेष्ठ २०८१, शनिबार
(July 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु र ११ घाइते

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा आइतबार एउटा बस खाडलमा खसदा १९ जनाको मृत्यु र ११ यात्रु घाइते भएको पुष्टि भएको छ ।

जानकारी अनुसार बसमा जम्मा ३० जना यात्रु सवार थिए र बस इस्लामाबादबाट क्वेटा जाँदै गर्दा दुर्घटना भएको हो ।

रिपोर्टको अनुसार क्वेटा र इस्लामाबादबाट उद्धार टोली घटनास्थलमा पठाइएको र बसको टायर फुटेका कारण सन्तुलन बिग्रिएर खाल्डोमा खसेको अन्य केही समाचारमा जनाइएको छ ।

क्वेटाका सहायक पुलिस आयुक्त मेहताब शाहले भने- घटना धनसार क्षेत्रमा भएको हो। दुर्घटनाका बेला बसको गति पनि तिब्र थियो । दुर्घटना चालकको लापरवाही वा अन्य कुनै कारणले भएको हो भन्ने पत्ता लगाउने प्रयास भइरहेको छ ।

प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति दुःख व्यक्त गरेको र गत महिना मात्र सोही क्षेत्रमा यस्तै घटनामा २२ जनाको ज्यान गएको थियो । त्यसपछि अनुसन्धानमा चालकको लापरवाही खुल्यो ।

प्रकाशित मिति: Jul 3, 2022

प्रतिक्रिया दिनुहोस्