Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ ।

१६ देखि १७ असारसम्म सुन्दरबजार नगरपालिकाको कृषि क्याम्पसमा भएको प्रतियोगितामा २९ पदक हात पार्दै बेसीसहर नगरपालिका उपाधि जित्न सफल भएको हो ।

बेसीसहर नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको छ । यस्तै ११ स्वर्ण, ६ रजत र १० कांस्यसहित राइनस नगरपालिका दोस्रो भएको छ भने ८ स्वर्ण, १० रजत र १३ कांस्य सहित सुन्दरबजार नगरपालका तेस्रो भएको छ ।

१६ गतेबाट सुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत एक सय, दुई सय, तीन सय, चार सय, आठ सय, १५ सय र ३ हजार मिटर दौड, भलिभल, कराँते, हाईजम्प, लङजम्प त्रिपलजम्प, सटफूटलगायतका विभिन्न विधिका खेल छात्रछात्रा दुर्वतर्फ खेलाइएको जिल्ला खेलकुद लमजुङका अध्यक्ष योगबहादुर गुरुङले बताए । प्रतियोगितामा पाँचा पालिकाको सहभागिता थियो ।

प्रकाशित मिति: Jul 3, 2022

प्रतिक्रिया दिनुहोस्