Logo
३ जेष्ठ २०८१, बिहीबार
(July 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानमा गर्मीले १ सय ४७ वर्षको कीर्तिमान तोड्यो

जापानमा अहिले चर्को घामले मानिसको जीवन कष्टकर बनाएको र गर्मीले यसअघिको १४७ को रेकर्ड तोडेको छ ।

राजधानी टोकियो वरपरको क्षेत्रमा लगातार सातौं दिन ३५ डिग्रीभन्दा माथिको तापक्रम नोट गरिएको छ ।

गर्मीको लहरसँग लडिरहेको जापानमा पनि विद्युत् संकट उत्पन्न भएको र यसैलाई मध्यनजर गर्दै सरकारले विद्युत् कम प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

तापक्रम ३६ डिग्री पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जापानमा तीव्र गतिमा बढ्दो तापक्रमको प्रमुख कारण ग्लोबल वार्मिङ बढेको छ । त्यसरी नै पृथ्वीमा तीव्र गतिमा परिवर्तनहरू भइरहेका छन् ।

नासाका अनुसार सन् २१०० सम्ममा विश्वको तापक्रममा उल्लेख्य वृद्धि हुनेछ यदि कार्बन उत्सर्जन र प्रदूषण रोकिएन भने औसत तापक्रम ४।४ डिग्री सेल्सियसले बढ्नेछ ।यदि यो गतिमा तापक्रम बढ्यो भने हिम नदीहरू पनि पग्लीने छन् ।

प्रकाशित मिति: Jul 3, 2022

प्रतिक्रिया दिनुहोस्