Logo
१ जेष्ठ २०८१, मंगलबार
(June 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्घ र प्रदेशको निर्वाचन कात्तिक देखि मङ्सिरभित्रमा : प्रमुख आयुक्त

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व भएकाले आयोग त्येसैकाे  तयारीमा रहेको बताएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीय स्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र त्यसकाेबारेमा निर्णय हुन बाँकी रहेको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।

आयोगले स्थानीय तह निर्वाचनबारे सात वटै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

 

प्रकाशित मिति: Jun 30, 2022

प्रतिक्रिया दिनुहोस्