Logo
२० बैशाख २०८१, बिहीबार
(June 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायती प्रधानमन्त्रीले पुटिनको खिल्ली उडाए

G-7 मा नेताहरूले रुसी राष्ट्रपतिको शर्टलेस तस्बिर देखेर बेलायती प्रधानमन्त्रीले भ्लादिमिर पुटिनको खिल्ली उडाउदेै भने “हामीले आफ्नो प्याक पनि देखाउनुपर्छ । ”

G-7 देशका नेताहरूले खाजाको समयमा पुटिन बिना शर्ट घोडामा बसेको तस्वीरलाई लिएर खिल्ली उडाएको छ ।

बोरिस जोन्सनले भने– हामीले पनि हाम्रो प्याक देखाउनुपर्छ तर, यस अवधिमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनको खिल्ली उडाउनुभएन ।

पुटिनले धेरै पटक शर्ट नलगाई फोटो खिचेका छन् । उनले एक अष्ट्रेलियाली पत्रकारको प्रश्नको जवाफमा भने  “मलाई केहि लुकाउनु पर्दैन, जब म छुट्टीमा छु, मलाई लाग्छ लुकाउनु आवश्यक छैन र यसमा केहि गलत छैन ।”

यहाँ अमेरिकी राष्ट्रपति जो बाइडेन पश्चिमी गठबन्धनलाई एकताबद्ध राख्न खोजिरहेको र रुसको आक्रमणको निरन्तर आलोचना गर्दै आएका थिए । यसअघि बाइडेनले रुसी आक्रमणलाई बर्बर भनेका थिए ।

प्रकाशित मिति: Jun 27, 2022

प्रतिक्रिया दिनुहोस्