Logo
१ जेष्ठ २०८१, मंगलबार
(June 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा प्रमोद साहको प्रश्न – लाल आयोगको प्रतिवेदन सार्वजनिक नमिल्ने छ र ?

सांसद प्रमोद साहले नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता विधेयक ल्याउन माग गरेका हुन् ।

तराई मधेश क्षेत्रमा भएको आन्दोलनको विषयमा छानबिन गर्न गठित गिरिषचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन पनि सार्वजनिक गर्न उनको माग छ ।

सो प्रतिवेदन सार्वजनिक गर्न ६ असोज २०७३ मै तत्कालीन सभामुखबाट रुलिङ भएको स्मरण गराउँदै उनले प्रश्न गरे, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने छ र ?’

तराई मधेशमा भएका आन्दोलनका क्रममा भएको धनजनको क्षति विवरण समेटिएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उनले आक्रोश पनि पोखे ।

प्रकाशित मिति: Jun 26, 2022

प्रतिक्रिया दिनुहोस्