Logo
२० बैशाख २०८१, बिहीबार
(June 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीको लगातार पोलिटब्युरो, केन्द्रीय र केन्द्रीय परिषदको बैठक

एकीकृत समाजवादीले लगातार चार दिनसम्म बैठक बोलाएको छ ।

पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार १० असारमा पोलिटब्युरो बैठक, ११ गते केन्द्रीय कमिटी, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको छ । बैठकमा मन्त्रीहरूको हेरफेरबारे पनि छलफल हुने स्रोतले बतायो ।

बैठकमा पार्टी संगठन र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ । एकीकृत समाजवादीले आगामी निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिएको छ । उसले असारमै सिटको भागबन्डा टुंग्यान दबाब दिँदै आएको छ ।

प्रकाशित मिति: Jun 21, 2022

प्रतिक्रिया दिनुहोस्