Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक विधेयक २०७९ पारित

आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो ।

यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: Jun 20, 2022

प्रतिक्रिया दिनुहोस्