Logo
६ जेष्ठ २०८१, आईतबार
(June 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भटाभट याेजनाकाे भुक्तानी दिने बेला सोरु गाउँपालिका तीन महिनादेखि लेखापालविहीन

कर्णाली प्रदेश स्थित सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक काम कारबाही ठप्प भएको छ । गाउँपालिकाका निवर्तमान लेखापाल जेठबहादुर बुढा गत फागुनमा सरुवा भई दैलेख गएपछि गाउँपालिकामा आर्थिक कारोबारमा समस्या भएको हो ।

काम चलाउन गमगढी, नाक्चेनाङला सडकमा कार्यरत लेखापाल राजबहादुर भण्डारीलाई केही दिनका लागि काजमा ल्याए पनि उनी दुईपछि फिर्ता भएका थिए । असार मसान्त नजिकिँदै गर्दा पालिकामा आर्थिक कारोबार हेर्न लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी तलब निकासामा समस्या भएको सोरु गाउँपालिकाले जनाएको छ ।

कोही पनि लेखापाल सोरु गाउँपालिकामा जान मान्दैनन् । लेखाका काम नहुँदा अरु काम समेत प्रभावित भएका छन् । पालिकामा सञ्चालित योजनाहरूको अन्तिम भुक्तानी लिन उपभोक्ता समितिका पदाधिकारीहरू फाइल बोकेर दिनका दिन पालिकामा आउने गरे पनि रित्तो हात फर्किने गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर सेजुवालले जानकारी दिए ।

लेखापाल नहुँदा स्थायी कर्मचारीले दुई र अस्थायी कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनन् । कोष तथा लेखा नियन्त्रक र अन्य कार्यालयमा कार्यरत लेखापालहरूलाई सेजुवालले काम गरिदिन आग्रह गरे पनि सबैले अस्वीकार गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: Jun 14, 2022

प्रतिक्रिया दिनुहोस्