Logo
१६ बैशाख २०८१, आईतबार
(June 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चारकर्मी रवी लामिछानेका दाजुको संसदीय निर्वाचन लडने घोषणा

सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन ।

चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाईसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत जनाएका छन ।

‘३ दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भनेका छन, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु ।’ बिस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने उनले जनाएका छन ।

भक्तपुर नगरकोटका

स्थायी बासिन्दा लामिछाने निर्वाचन क्षेत्र भने घोषणा गरिसकेका छैनन ।

प्रकाशित मिति: Jun 10, 2022

प्रतिक्रिया दिनुहोस्