Logo
१५ बैशाख २०८१, शनिबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उपसभापतिसमेत हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ नाै मत पाएकी थिइन् ।

उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकिकृत समाजवादीकी शान्ती शाहीले १० मत पाएकी छिन् ।

अन्य सात जना सदस्यमा मिश्रिम नतिजा आएको छ । सदस्यमा कविताकुमारी गिरी (नेकपा एकीकृत समावादी), कोकीलाकुमारी खड्का (नेकपा एकीकृत समावादी), पुर्णा विक (नेकपा एकीकृत समावादी), तुल्छा विक (नेकपा माओवादी केन्द्र), अङ्गबहादुर शाही (नेपाली कांग्रेस), फत्तबहादुर डांगी (नेकपा माओवादी केन्द्र) र दिलबहादुर शाही (स्वतन्त्र) विजयी भएका छन्

दैलेखका ११ स्थानीय तहमा नेकपा एमालेले पालिका प्रमुख उपप्रमुखसहित १० पद जितेको थियो । नेपाली कांग्रेसले नाै, माओवादी केन्द्रले दुई र समाजवादीले एक पद जितेको थियो ।

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्