Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापा ‘बी’ डिभिजनमा बढुवा हुँदा वीरगन्ज रेलिगेसनमा

मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ ।

सोमबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको १२औं चरणको खेलमा विरगंज युथ एकेडेमीलाई ५-० ले पराजित गर्दै झापाले एक खेल अगावै ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको हो ।

झापालाई जित दिलाउन पुजन राईले चार गोल गर्दा अर्को एक गोल सन्तोष लावतीले गरे ।

यस्तै, आजको हारसँगै वीरगञ्ज युथ भने ‘सी’ डिभिजन लिग छनोटमा घटुवा भएको छ ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको झापाले ३१ अंक जोडेको छ । जुन दोस्रो स्थानको प्लानिङ ब्वाइज युनाइटेड क्लबको भन्दा तीन अंक बढी हो । यस्तै, तेस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीको पनि २८ अंक छ । वीरगन्जको १२ खेलबाट ५ अंक छ ।

झापाले लिगमा आरसी ३२ लाई हराएको र प्लानिङ ब्वाइजसँग बराबरी गरेको कारण एक खेल अगावै दोस्रो डिभिजनको टिकट काटेको हो ।

झापाले अन्तिम खेलमा स्वयम्भू क्लबसँग खेल्नेछ । यस्तै, प्लानिङ ब्वाइजले ओसिस क्लब र आरसी ३२ ले स्पोर्टस एकेडेमी साँगासँग खेल्नेछ ।

आजै भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले समाज कल्याण खेलकुद केन्द्रलाई ४-० ले पराजित गरेको थियो ।

आजको खेलसँगै सी डिभिजन लिगबाट घटुवामा पर्ने दुई टोलीको टुङ्गो लागेको छ । तालिकाको पुछारमा रहेको ओसिस क्लब यसअघि नै घटुवामा परिसकेको छ ।

अब, प्लानिङ ब्वाईज क्लब र आरसी ३२ मध्य एक दोस्रो डिभिजनमा बढुवा हुनेछन् ।

प्रकाशित मिति: May 30, 2022

प्रतिक्रिया दिनुहोस्