Logo
५ जेष्ठ २०८१, शनिबार
(May 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरमा कांग्रेसको बहुमत : प्रमुखमा साह, उपप्रमुखमा डंगोल निर्वाचित (नामावली सहित)

काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह निर्वाचित भएका छन् ।

कुनै दलबाट नभइ स्वतन्त्र उम्मेदवार बनेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै प्रमुखमा निर्वाचित भएका हुन् ।

साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् ।

स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।
उपप्रमुखमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् ।

डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

तर महानगरको कार्यपालिकामा भने नेपाली काँग्रेसको बहुमत देखिएको छ । नेकपा एमालेले उपप्रमुख सहित केहि वडाहरु जितेको छ ।

महानगरको वडाहरुमा नेपाली काँग्रेसले १९ सिट , नेकपा एमालेले १२ सिट र नेकपा समाजवादीका उम्मेदवार १ सिट हात पारेको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरु :

प्रमुख, वालेन्द्र साह : स्वतन्त्र
उपप्रमुख, सिनिता डंगोल : नेकपा एमाले

वडा अध्यक्षहरु :
वडा न १, भरतलाल श्रेष्ठ : नेकपा एमाले
वडा न २, राजेन्द्रकुमार श्रेष्ठ : नेकपा एमाले
वडा न ३ प्रेम थापा : नेकपा एमाले
वडा न ४ वीरेन्द्र प्रजापति : नेकपा एमाले
वडा न ५ दिनेश महर्जन : नेकपा एमाले
वडा न ६ भुवन लामा : नेपाली काँग्रेस
वडा न ७ बिम ल हा्ेडा : नेपाली काँग्रेस
वडा न ८ आशामान संगत : नेपाली काँग्रेस
वडा न ९ रामजी भण्डारी : नेपाली काँग्रेस
वडा न १० रामकुमार केसी : नेपाली काँग्रेस
वडा न ११ हिरालाल तण्डुकार : नेपाली काँग्रेस
वडा न १२ बालकृष्ण महर्जन : नेपाली काँग्रेस
वडा न १३ ध्रुवनारायण मानन्धर : नेकपा एमाले
वडा न १४ सुमन श्रेष्ठ : नेपाली काँग्रेस
वडा न १५ इश्वरमान डंगोल : नेकपा एस
वडा न १६ मुकुन्द रिजाल : नेपाली काँग्रेस
वडा न १७ नविन मानन्धर : नेपाली काँग्रेस
वडा न १८ न्हुच्छेकाजी महर्जन : नेकपा एमाले
वडा न १९ राजेश श्रेष्ठ : नेपाली काँग्रेस
वडा न २० राजेन्द्र मानन्धर : नेपाली काँग्रेस
वडा न २१ उदयचुडामणि बज्राचार्य : नेकपा एमाले
वडा न २२ चिनीकाजी महर्जन : नेकपा एमाले
वडा न २३ मचाराजा महर्जन : नेकपा एमाले
वडा न २४ विनोद राजभण्डारी : नेपाली काँग्रेस
वडा न २५ राजेश डंगोल : नेपाली काँग्रेस
वडा न २६ ख्याम तिवारी : नेपाली काँग्रेस
वडा न २७ योगेश खड्गी : नेपाली काँग्रेस
वडा न २८ भाइराम खड्गी : नेपाली काँग्रेस
वडा न २९ कुश ढकाल : नेपाली काँग्रेस
वडा न ३० दल बहादुर कार्की : नेपाली काँग्रेस
वडा न ३१ सरोज ढकाल : नेकपा एमाले
वडा न ३२ नवराज पराजुली : नेकपा एमाले

प्रकाशित मिति: May 26, 2022

प्रतिक्रिया दिनुहोस्