Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा सत्तागठबन्धनको चुनावीसभा आज, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

सत्ता गठबन्धनले आज काठमाडौं उपत्यकामा संयुक्त चुनावीसभा गर्दैछ । बिहीबार भरतपुरमा चुनावीसभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

काठमाडौं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

बिहीबार भरतपुरमा आयोजित चुनावीसभामा माओवादी केन्द्रकी नेतृ रेनु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौंमा सभा गर्न लागेका हुन् ।

कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् ।

कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावीसभा आयोजना गर्दैछ ।

प्रकाशित मिति: May 6, 2022

प्रतिक्रिया दिनुहोस्