Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर मुद्दा प्रधान र मोक्तानको इजलासमा

नेपाल सरकारविरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको मुद्दा न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।

आफूमाथि छानबिनका लागि जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय गैर कानुनी भन्दै अधिकारीले रिट दायर गरेका थिए ।

यही वैशाख ४ गते सर्वोच्च अदालतमा अधिकारीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले वैशाख ६ गते जाँचबुझ समिति गठन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधान र मोक्तानको संयुक्त इजलासमा आज दुवै पक्षलाई डाकिएको छ । दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनेरनदिने निर्णय गर्नेछ ।

अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिए अर्थमन्त्री जनार्दन शर्मा नैतिक सङ्कटमा पर्नेछन् ।

अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश भएमा गभर्नर अधिकारी घर जानुपर्नेछ ।

प्रकाशित मिति: Apr 26, 2022

प्रतिक्रिया दिनुहोस्