Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवारी दिएको पदहरुमा मात्र राष्ट्रिय दलको चुनाव चिह्न रहने, अन्य सबै उम्मेदवार स्वतन्त्र

स्थानीय तहहरुको नयाँ नेतृत्वका लागि हुने पालिका निर्वाचनको मतपत्रमा उम्मेदवारी परेका दलहरूको मात्र चुनाव चिन्ह हुने भएको छ ।

देशभरको मतपत्रमा ६ ओटा राष्ट्रिय दलहरूको चुनाव चिन्ह अनिवार्य छापिएपनि अन्य दलहरूले भने स्वतन्त्र हैसियतमा चुनाव चिन्ह रोज्नुपर्ने भएको छ ।

यता, ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यो आयोगको पूर्वनिर्णय हो । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।

यसो हुँदा राष्ट्रिय दलहरुले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहन्छ, उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न रहँदैन ।

६ ओटा दलका उम्मेदवारले स्थायी चुनाव चिन्ह पाउने र अन्य दलले स्वतन्त्र हैसियतमा चुनाव चिन्ह रोज्नुपर्ने आयोगको कथन छ ।

साथै, गठबन्धन गरेर चुनाव लडिए पनि पछि सोही चिन्ह भएको पार्टीको ह्विप लाग्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति: Apr 23, 2022

प्रतिक्रिया दिनुहोस्