Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा चुनाव एक्लै लड्ने

कैलालीमा स्थानीय तहको निवार्चनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सबै स्थानीय तहमा एक्लै लड्ने भएको छ । कैलालीको टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएको हो ।

सो पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ ।

कैलारी गाउँपालिकामा सो पार्टीबाट चन्द्र डंगौरा थारु (चाँद), धनगढी उपमहानगरपालिकामा मीनराज चौधरी, टीकापुरमा रामलाल डंगोरा थारु, भजनी नगरपालिकामा केवल चौधरी, लम्की चुहा नगरपालिकामा गणेश उपाध्याय र जानकी गाउँपालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीको नाम टुङ्गो लगाएको छ ।

कैलाली अध्यक्ष अध्यक्ष कैलाश चौधरीले भने, ‘पहिचानवादी मधेसी दल रहेका छन् । संगठनका हिसाबले कैलारी, भजनी, जोशीपुर, टीकापुर लगायतमा हामी बलियो रहेका छौँ ।’

उनले अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने बताए ।अन्य स्थानीय तहमा बढी आकाङ्क्षी भएकाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । जोशीपुर गाउँपालिकामा दुई जना आकाङ्क्षी रहेकाले टुङ्गो नलागेको बताए । जोशीपुरमा चित्रबहादुर चौधरी र चक्रबहादुर चौधरी र बर्दगोरिया लोकेन्द्र खडका र भजनलाल कठरिया आकाङ्क्षी रहेका छन् ।

रेशम चौधरीको प्रभाव क्षेत्र मानिएको टीकापुर, जानकी लगायतमा अहिले चार दलले सोही अधिकार र पहिचानको नारा लिँदै उम्मेदवारहरू बनाउने तयारी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलारी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका चन्द्रप्रसाद भन्छन् पहिचानवादी दलले टीकापुर घटनालाई लिएर राजनीति बढी गरिरहेको छ ।उनले आफ्नो दलले अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने बताए ।

उनले रेशम चौधरीको नाममा राजनीति बढी भएको भन्दै आक्रोश व्यक्त गरे । कैलारी गाउँपालिकामा पार्टी दर्ता भएपछि विशेषतः तत्कालीन मधेसी लोकतान्त्रिक जनअधिकार पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतबाट सो पार्टीमा प्रवेश गरेका छन् ।

 

प्रकाशित मिति: Apr 20, 2022

प्रतिक्रिया दिनुहोस्