Logo
७ जेष्ठ २०८१, सोमबार
(April 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अछामका जिल्ला न्यायाधीश जोशी तानिए सर्वोच्च अदालतमा

जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा काजमा तानिएका छन् ।कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काजमा काठमाडौं तानेका हुन् ।

ऐनमा व्यवस्था नै नभएको अवस्थामा बलात्कारमा परेकी किशोरीले बयान फेरेको भनेर जोशीको इजलासले ३ वर्ष सजाय तोकेको थियो ।

त्यो फैसलाको प्रारम्भिक जाँचबुझपछि जोशीलाई सर्वोच्च तानिएको न्याय परिषद् स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Apr 18, 2022

प्रतिक्रिया दिनुहोस्