Logo
५ जेष्ठ २०८१, शनिबार
(April 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईओसीले फेरि पठायो इन्धनको नयाँ मूल्य सूची

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ ।

नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ४ अर्ब ६९ करोड नोक्सान छ ।यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्य सूची पठाएको थियो ।

प्रकाशित मिति: Apr 18, 2022

प्रतिक्रिया दिनुहोस्