Logo
२२ बैशाख २०८१, शनिबार
(April 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले गरे नयाँ मन्त्रिपरिषद् गठन

चरम आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा १७ मन्त्री थपिएका हुन् ।

सरकार विरोधी आन्दोलनका कारण वैशाखको पहिलो साता नै पुरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो। राजापाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागे पनि सबैले अस्वीकार गरेका थिए ।

विदेशी मुद्रा सञ्चितिको ह्रासका कारण श्रीलङ्कामा ठुलो मात्रामा विद्युत् कटौती भएको छ र खाद्यान्न, औषधि र इन्धनको अभाव छ ।

जसका कारण श्रीलङ्काका जनताले राष्ट्रपति राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलङ्काले सबैभन्दा ठुलो आर्थिक सङ्कटको सामना गरिरहेको छ।

नयाँ मन्त्रिपरिषद् गठन गर्ने राष्ट्रपतिको निर्णयको विपक्षी दलहरूले विरोध गरेका छन् । विपक्षीले अनुभवविहीनलाई मन्त्री बनाएको उनीहरूले आरोप लगाएका छन् ।

प्रकाशित मिति: Apr 18, 2022

प्रतिक्रिया दिनुहोस्