Logo
२२ बैशाख २०८१, शनिबार
(April 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसकाे आक्रमणमा परी पाँच युक्रेनीकाे मृत्यु, १३ जना घाइते

रुसको आक्रमणमा परी पाँच युक्रेनीको नागरिकको मृत्यु भएको छ । साथै उक्त आक्रमणमा १३ जना घाइते भएका छन ।

रुसले युक्रेनका विभिन्न शहरमा बम तथा रकेट आक्रमणलाई तीब्र पारेको छ । खार्किभ शहरमा गरिएको पछिल्लो आक्रमणमा ५ जना युक्रेनी नागरिकको मृत्यु समेत भएको छ ।

जसमा १३ जना घाइते भएका छन् । रुसी सेनाले खार्किभ लगाएत ओडेसाको बन्दरगाह नजिक माइकोलाइभ शहरमा रकेट प्रहार गर्दा दर्जनौं भवनहरु ध्वस्त भएका छन् ।

रुस र युक्रेनबीच युद्ध जारी भएको आज ९सोमबार० ५४ दिन पूरा भएको छ । तर पनि युद्ध भने जारी रहेको छ । यता मारियुपोल शहरमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न रुसले दिएको समयसीमाको युक्रेनी सेनाले वेवास्ता गरेको छ।

युक्रेनका प्रधानमन्त्री डेनिस शमीह्यालले मारियुपोल शहरमा आफ्ना सेनाले अझै पनि रुसी सेनाको प्रतिकार गरिरहेको भन्दै अन्तिम समय सम्म पनि आफूहरुपछि नहट्ने बताएका छन् ।

रुसले भने घेराबन्दीमा पारेको उक्त शहरमा आज ९सोमबार० बाट नाकाबन्दी लगाउने चेतावनी दिएको छ ।युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुससँगको युद्धको प्रतिकार गर्न आफ्ना सेना तयार रहेको भन्दै युक्रेनका पूर्वी भू–भाग कुनै पनि हालतमा नछोड्न दावी गरेका हुन् ।ै

प्रकाशित मिति: Apr 18, 2022

प्रतिक्रिया दिनुहोस्