Logo
२२ बैशाख २०८१, शनिबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनको मारिउपोल सहर कब्जा गरेको रुसको दाबी

रुसले युक्रेनको मारिउपोल सहर कब्जा गरेको दाबी गरेको छ। साथै रुसले त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ।

आत्मसमर्पण गर्नेलाई युद्ध बन्दीलाई गरिने व्यवहार हुने रुसी रक्षा मन्त्रालयले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आजसम्म हतियार बिसाउने सेनालाई जीवनदान दिने र भोलिदेखि मारिउपोल सहरमा नाकाबन्दी लगाउने रुसले जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिउपोलमा अवस्था नाजुक बनेको भन्दै यसअघि नै थप हतियार उपलब्ध गराउन सहयोगी देशसँग अपिल गरेका थिए ।

उनले आफ्नो भूमि र नागरिकविरुद्ध रुससँग सम्झौता नगर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्