Logo
५ जेष्ठ २०८१, शनिबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूएसएआईडीले दिने करिब ८० अर्बको अनुदान नेपाल सरकारद्वारा स्वीकार

अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त सहयोग निकाय यूएसएआईडीले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ ।

सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

३० चैत २०७८मा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसै गरी विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

यो एमससीसी बाहेकको छुट्टै अनुदान सहयोग हो। अमेरिकाले एमसीसी अन्तरगत करिब ६० अर्बको अनुदान सहायता दिन लागेको छ ।

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्