Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन लाख घुससहित प्रधानाध्यापक ठाकुर पक्राउ

मधेश प्रदेश स्थित रौतहतको तीन लाख घुससहित प्रधानाध्यापक ठाकुर पक्राउ परेका छन् ।

रौतहतको श्री विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका परेका हुन् ।

करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार प्राध्यानाध्यापक ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झालाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जानकरी दिएको छ ।

 

प्रकाशित मिति: Apr 13, 2022

प्रतिक्रिया दिनुहोस्