Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओखलढुंगामा प्रहरी सवार जीप दुर्घटना, दुई जनाको मृत्यु

प्रदेश स्थित ओखलढुङ्गामा प्रहरी सवार जीप दुर्घटना हुँदा बुधबार दुई जनाको मृत्यु भएको छ । ७ प्रहरी घाइते छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेहरूमा हवल्दार भूपेन्द्र कार्की र जवान मनीष राजवंशी छन् ।उनीहरू हतियार मर्मतका लागि ओखलढुङ्गाबाट विराटनगरतर्फ जान लागेका थिए ।

बा १७ च १०९४ नम्बरको जीप मानेभन्ज्याङ गाउँपालिका-६, हर्कपुरमा दुर्घटनामा परेको हो । घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलतर्फ गएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 13, 2022

प्रतिक्रिया दिनुहोस्