Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुष्पराम केसीलाई सशस्त्र प्रहरीको आइजिपी बनाउने सरकारको निर्णय

सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरीको आइजिपी बनाउने निर्णय गरेको छ । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बुधबार बिहान बसेको बैठकले दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट केसीलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए ।सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आइजिपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।

प्रकाशित मिति: Apr 13, 2022

प्रतिक्रिया दिनुहोस्