Logo
२२ बैशाख २०८१, शनिबार
(April 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसले डोनबास क्षेत्रमा भयंकर आक्रमणको तयारी गरेको युक्रेनको दावी

रुसले युक्रेनको डोनबास शहरमा भयंकर आक्रमण गर्ने तयारी गरिरहेको युक्रेनले दावी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले जनाए अनुसार रुसी सेना पछिल्लो समय डोनबास शहरतर्फ अघि बढेको बताइएको छ ।

युक्रेन र रुसबीच युद्ध भएको मंगलबार ४७ दिन पूरा भएको छ । तर युरोपेली संघले रुसमाथि पेट्रोलियम पदार्थमा प्रतिबन्ध लगाउने प्रस्तावको मस्यौदा तयार गरेपनि कार्यान्वयन नभएको भन्दै युक्रेनको विदेश मन्त्रालयले खेद प्रकट गरेको छ ।

रुसमाथिको प्रतिबन्ध कार्यान्वयन नभएको खण्डमा युक्रेनमा रुसले थप मानव अपराध गर्ने भन्दै युक्रेनले विश्व जगतलाई पुनः घच्घच्याएको छ ।

यसैबीच रुसले युक्रेनको डोनेट्स्कमा गरेको आक्रमणमा ३ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।रुसले उत्तरी क्षेत्रबाट आफ्नो सेना फिर्ता गरे पनि डोनबास क्षेत्र रुसी सेनालाई सुम्पन्न युक्रेनी सेनालाई आग्रह गरिरहेको छ ।

रुसको आक्रमणमा युक्रेनको किभ नजिक बोरोडिन्काका अधिकाश संरचनाहरु ध्वस्त भएका छन् ।मारियुपोल शहरबाट सेना फिर्ता गरेको रुसले मारियुपोलसँग गासिएको क्रिमिया प्रायद्धिपमा पनि हवाई आक्रमण तीब्र पारेको छ ।

रुसी सेनाले मारियुपोल शहरमा महिलामाथि यौन दुब्यवहार भएको खुलासा भएको छ ।मारियुपोलकी एक महिलाले रुसी सेनाले आफ्नो बालबच्चाको सामुन्ने आफूलाई बलात्कार गरेको र आफ्नो पतिको गोली हानी हत्या गरेको बताएकी छन् ।

प्रकाशित मिति: Apr 12, 2022

प्रतिक्रिया दिनुहोस्