Logo
६ बैशाख २०८१, बिहीबार
(April 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कङ्गोमा विद्रोहीको हमलामा ज्यान गुमाएका नेपाली सैनिकको परिचय खुल्यो

कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिकको परिचय खुलेको छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कङ्गोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट-१४ घर भएका सैनिक अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा गुरुङ घाइते भएका थिए ।

उनलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल-२ अस्पतालमा उपचार गर्न लगिएको उपचारको क्रममा त्यहीँ मृत्यु भएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गुरुङको निधनमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यो घटनाले नेपाली सेनालाई स्तब्ध बनाएको भन्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

गुरुङको बलिदानीपूर्ण योगदानको उनले उच्च सम्मान प्रकट पनि गरेका छन् ।संयुक्त राष्ट्रसङ्घका महासचिवले पनि शोक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् ।

साथै शान्ति सैनिकहरुमाथि आक्रमण गर्नु युद्ध अपराध हुने भन्दै यस घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन कङ्गोका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति: Apr 6, 2022

प्रतिक्रिया दिनुहोस्