Logo
५ जेष्ठ २०८१, शनिबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीद्वारा ऐतिहासिक काष्ठमण्डपको लोकार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डप (मरुसत) को साँचो प्रदर्शन गरी लोकार्पण गरेकी छन् ।

काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमडपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी सोको लोकार्पण गरिएको हो ।

राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनः निर्माण र जीर्णोद्धार कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरूको प्रशंसा गरिन् ।

विसं २०७२ को भूकम्पबाट जनजीवन, बस्ती र सम्पदालाई प्रभावित पारे पनि नेपालीले दुःख, कष्टलाई सामूहिक रूपमा मिलेर पुनः निर्माण गर्न सक्छौँ भन्ने आत्मविश्वासको पुनः पुष्टि भएको उनले बताइन् । राष्ट्रपति भण्डारीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्न यस्ता ऐतिहासिक सम्पदाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले पछिल्ला अध्ययनबाट प्राप्त काष्ठमण्डप बारेको नयाँ तथ्यलाई आत्मसात् गर्दै नेपालभित्र रहेको ज्ञान र सीपप्रति गौरव बोध गर्नुपर्ने पनि बताइन् । पुनः निर्माण सम्पन्न भएसँगै अब काष्ठमण्डप सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पुनः निर्माण कार्य र सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरेकी थिइन् । निर्माण समितिले निर्माण कार्य निरन्तर चलिरहने प्रक्रिया भएकाले उद्घाटन नभई लोकार्पणको कार्यक्रम तय गरिएको जनाएको छ ।

कार्यक्रममा काष्ठमण्डप पुनः निर्माण समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेश शाक्यले पुनः निर्माणपछि काष्ठमण्डपको साँचो काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए ।

महानगरको ३० करोड ५० लाखको लगानीमा तीन वर्ष आठ महिनाको समयमा सो पुनः निर्माण गरिएको हो । निर्माण समितिले निर्माण कार्य निरन्तर चलिरहने प्रक्रिया भएकाले उद्घाटन नभई लोकार्पणको कार्यक्रम तय गरिएको जनाएको छ ।

कार्यक्रममा काष्ठमण्डप पुनः निर्माण समितिका अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेश शाक्यले पुनः निर्माणपछि काष्ठमण्डपको साँचो काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्