Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तोलामा ६ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको हो ।

सोमबार छापावल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको महासंघले बताएको छ । आइतबार ९९ हजार ३ सय रुपैयाँमा छापावल र ९८ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो भने चाँदीको १३ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

 

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्