Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब नेपालबाट भारत जाने यात्रुले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने

छिमेकी मुलुक भारत सरकारले नेपालबाट भारतका विभिन्न सहरमा जाने यात्रुलाई एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने नियम ल्याएको छ ।

नेपाल एयरलाइन्सका अनुसार काठमाडौँबाट भारतको नयाँ दिल्ली, मुम्बई र बैंग्लौर जाने सबै यात्रुले जहाजमा चढ्नु अगाडि नै एयर सुविधा फारम भर्नु पर्ने भएको छ ।

निगमका अनुसार यस्तो फारम भरेका यात्रुले मात्र भारतीय सहरमा जान निगमको जहाजमा चढ्ने अनुमति पाउने भएका छन् ।यस्तो फारम नयाँ दिल्ली एयरपोर्टको आधिकारिक वेबसाइटबाट भर्न सकिने बताइएको छ ।भारतबाट नेपाल आउने यात्रुको हकमा भने नेपालमा कुनै पनि प्रकारको फारम अनिवार्य छैन ।

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्