Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाँणले सम्हाल्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरीगृहमन्त्री बालकृष्ण खाँणलाई तोकेकी छन् ।

राष्ट्रपति प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँ दिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने गरी तोकेकी हुन् ।

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोकेको राष्ट्रपति कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Apr 1, 2022

प्रतिक्रिया दिनुहोस्