Logo
३१ बैशाख २०८१, सोमबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठेकेदार स्थानीय निर्वाचनमा लड्न नपाउने प्रावधानविरुद्ध निर्माण व्यवसायी अदालत जाने

निवार्चन आयोगले चुनावमा निर्माण व्यवसायी सहभागी हुन नपाउने गरी बनाएको प्रावधानको नेपाल निर्माण व्यवसायी महासंघले चर्को बिरोध गरेको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्माण व्यवसायी उम्मेदवार बन्न नपाउने गरी बनाएको प्रावधान विरुद्ध अदालत जाने तयारी गरेको महासंघका अध्यक्ष रवि सिंह जानकारी दिए ।

उनले आयोगले गरेको निर्णय संविधानले दिएको मौलिक हक विरुद्ध रहेको भन्दै त्यसका लागि कानुनी उपचार खोज्ने बताए । यसबारे आफूहरुले कानुन व्यवसायीसँग छलफल गरीरहेको बताएका छन् ।

साथै उनले महासंघको तर्फबाट अदालत जाने कि ब्यक्तिको तर्फबाट जाने भन्ने बारेमा छलफल भइरहेको समेत बताए । उनले आफूहरुले यसबारे छिट्टै विज्ञप्ति पनि जारी गर्ने बताए ।

बुधबार बसेको आयोगको बैठकले ठेक्कापट्टामा सहभागीहरू स्थानीय तहको चुनावमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको थियो ।

एक अध्ययन अनुसार २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट स्थानीय प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत गरेर ठेक्कापट्टामा सहभागी १६९ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्