Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनमा गठबन्धन एकताबद्ध भएर जाने सहमति, महानगरको उम्मेदवार केन्द्रले टुंग्याउने

आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल एकताबद्ध भएर जाने सहमति भएको छ ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एकताबद्ध भएर स्थानीय चुनावमा जाने सहमति भएको हो ।

बैठकबाट बाहिरिएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा एक भएर जाने सहमति भएको बताउँदै देशभरका ६ महानगरको उम्मेदवारको टुंगो केन्द्रीय गठबन्धनले नै टुंगो लगाउने सहमति भएको बताए ।

 

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्