Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवासँगै चार मन्त्री भारत भ्रमणमा जाने मन्त्रिपरिषद्को निर्णय

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणमा चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीको भारत भ्रमणमा चार मन्त्री पनि सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्