Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलेफी हाइड्रोपावरको आईपीओ खुला

बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ बिक्रीका लागि बुधबारबाट आवेदन खुलेको छ ।चैत २१ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो ।

कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड गरिने छ ।

आफ्नो बैङ्क खाता रहेको शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।कम्पनीको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ५७ पैसा छ ।

कम्पनीले निर्माण गर्ने जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ बराबर छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ३६ मेगावाट क्षमताको अपर बलेफी ए आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्