Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले भने : ‘महामारी र विपद्को सामना गर्न संयुक्त रूपमा तयारी गरौँ’

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी र विपद् सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरू संयुक्त तयारी गर्नु पर्ने बताएका छन् ।

श्रीलङ्काको कोलम्बोमा भइरहेको पाँचौँ बिमस्टेक समिटमा काठमाडौँबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रहरू समस्यामा परेको भन्दै भविष्यमा कुनै प्रकोप र विपद्बाट जोगिन राम्रो तयारीका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट अझ राम्रोसँग पुनस् स्थापना गर्न र भविष्यमा कुनै प्रकोप र विपद्बाट जोगिन राम्रो तयारीका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रका लाखौँ नागरिकले ज्यान गुमाएका, गरिबी र बेरोजगारीको समस्या देखिएको भन्दै देउवाले महामारीबाट पुनर्स्थापनाका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए ।

महामारी सामना गर्न हरित, लचिलो र समावेशी पुनर्स्थापनाको योजना बनाउनुपर्ने पनि प्रधानमन्त्री देउवाले बताए । त्यसका लागि खोपको पर्याप्तता, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षाका योजनालाई बढावा दिनुपर्ने भन्दै उनले संरचनात्मक सुधारका साथै भौतिक र मानवीय पुँजीमा लगानी बढाउनुपर्ने बताए ।

बिमस्टेक क्षेत्र जलवायु परिवर्तनका कारण पनि खतरामा रहेको भन्दै यस विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने देउवाले बताए ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्