Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वाेच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन आदेश दिएको छ ।

राखेपको सदस्य सचिवको नयाँ नियुक्त र पदमुक्त सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलाशले सरकारद्वारा मुल्यांकन गरिएको सिलवालको कार्यसम्पादनको फाइल मगाउने आदेश दिएको हो ।

मंगलबार सिलवाल पक्षका वकिलहरूले बहस गरेका थिए ।सरकारले सिलवाललाई गत कात्तिक १ गते पदमुक्त गरेको थियो ।

त्यसपछि सरकारले गत मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।सरकाले तत्कालिन सदस्य–सचिव सिलवालले कार्यसम्पादन गर्न नसकेको आरोपसहित पदमुक्त गरेको थियो ।

सर्वोच्चले थप बहका लागि चैत २२ गतेका लागि डाकेको छ ।त्यसपछि सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए ।

प्रकाशित मिति: Mar 29, 2022

प्रतिक्रिया दिनुहोस्