Logo
२२ बैशाख २०८१, शनिबार
(March 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने : स्थानीयवासीले यसबाट अत्यधिक लाभ लिन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् ।साथै उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी समेत गरेका छन् ।

यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइएको छ ।

टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनुपर्ने बताए । उनको दावी थियो, ‘भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ । ‘उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेको बताए । उनले भने, ‘यसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले यो क्षेत्रको विकासमा सहयोग पुगोस् ।’

यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइ राख्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: Mar 29, 2022

प्रतिक्रिया दिनुहोस्