Logo
२२ बैशाख २०८१, शनिबार
(March 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकशील साझाको कार्यालयमा असन्तुष्ट र संस्थापन पक्षले एकअर्काविरुद्ध नाराबाजी

विवेकशील साझा पार्टीमा लामो समयदेखि आन्तरिक विवाद चलिरहेको बेला असन्तुष्ट पक्षले पार्टीको कार्यालय बखुण्डोलमा ​पत्रकार सम्मेलन गरेपछि रबीन्द्र मिश्र पक्षले अबरोध गरेको छ । मिश्र पक्षले गुटको भेला गर्न पाइँदैन भन्दै चर्को नाराबाजी गरेको थियो भने सो क्रममा असन्तुष्ट पक्षले पनि संस्थापनविरुद्ध नाराबाजी गरेको थियो ।

कार्यालय परिसरमा पत्रकार सम्मेलन सुरु हुदै गर्दा मिश्र पक्षले नाराबाजीसहित अवरोध गरेको हो । त्यसक्रममा तैनाथ सुरक्षाकर्मीले सो पार्टीका नेता कार्यकर्तालाई बाहिर निकालेको छ ।

सो पार्टीका निर्देश सिलवाल नेतृत्वको समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो समुहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्न लागेको भन्दै मिश्र पक्षले पत्रकार सम्मेलनमा अवरोध गरेको हो ।

यसैबीच मिश्र समुहका नेता तथा प्रवक्ता शरदराज पाठकले पार्टीका केही अराजक तत्वहरुले मुठभेट निम्त्याएको बताएका छन् ।उनले असन्तुष्टि र मतभेद रहे कानूनी प्रक्रियाबाट समाधान गर्न सकिने बताएका छन् ।

उनले विवेकशील पार्टी बैकल्पिक शक्ति रहेको भन्दै यसबाट यस्ता क्रियाकलापबाट विचलित नहुने बताए ।

 

 

प्रकाशित मिति: Mar 29, 2022

प्रतिक्रिया दिनुहोस्