Logo
२२ बैशाख २०८१, शनिबार
(March 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनको मतपत्र सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा छापिने

स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ ।

निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाँजोपाँजो मिलाएको हो ।

जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदै छ । ‘नेपाली सेनासहित​ १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौँ,’ आचार्यले भने, ‘त्यसका लागि सेनाको टोली आज आउँदै छ । सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउनेछ ।’

उनका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ ।

हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ । तर, कहाँ/कहाँ सिसिटिभी क्यामेरा थप गर्ने भनेर सेनाले निर्क्योल गर्ने उनले बताए ।

उनका अनुसार २ करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति: Mar 29, 2022

प्रतिक्रिया दिनुहोस्