Logo
२३ बैशाख २०८१, आईतबार
(March 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकलौटी नियुक्तमा असन्तुष्ट रहेको शेखर पक्षका तरुण र नेविसंघको छुट्टै बैठक बस्दै

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरूको आज बैठक बस्दै छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले आज आफू निकट नेताहरूको छुट्टै बैठक बोलाएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा सङ्घर्षलाई कसरी अघि बढाउने भनेर छलफल गर्ने शेखर कोइराला निकट विद्यार्थी नेता प्रेमिका रानाले बताइन् ।

पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । एकलौटी निर्णय भएको भन्दै शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा पार्टी सभापति देउवाविरुद्ध प्रदर्शन समेत गरेको थियो ।

कोइराला पक्षमा समानान्तर गतिविधि गर्ने विषयमा बहस समेत हुँदै आएको छ ।

प्रकाशित मिति: Mar 28, 2022

प्रतिक्रिया दिनुहोस्