Logo
२३ बैशाख २०८१, आईतबार
(March 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको केन्द्रीय समितिको बैठकले आज गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने

नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने भएको छ ।

आज (सोमबार)बिहान ११: ३० मा पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।उनले भने, ‘आजको बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिन्छ । मोडालिटीबारे पछि टुङ्गो लाग्छ ।’

बैठकमा संसदीय समिति गठबन्धनको एजेण्डा रहे पनि छलफल गठबन्धन केन्द्रित छ । प्रवक्ता महतले आजै गठन हुने नहुने टुङ्गो भने छैन भनेका छन् ।

उनका अनुसार जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुङ्ग्याउने तयारी छ ।

शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔँ काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन् ।

साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ सुनाएका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने प्रवक्ता महतले बताए ।

सभापति शेरबहादुर देउवा निकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको पक्षमा र नेता शेखर कोइराला समूहका नेताहरूले तालमेलको विपक्षमा मत राखेका छन् ।वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् ।

प्रकाशित मिति: Mar 28, 2022

प्रतिक्रिया दिनुहोस्